Sajhamanch Archive

किशोरीलाई जंगलमा बलात्कार गर्ने तामाङ पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विराटनगर । पाँचथरको हिलिहाङ गाउँपालिकास्थित निगालेमा बालिकालाई बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश नम्बर एक प्रहरी कार्यालय विराटनगरका अनुसार आइतबार राति बालिका बलात्कारको आरोपमा २८ वर्षका रमेश तामाङ पक्राउ परेका हुन् । तामाङले सोही गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई नजिकैको जङ्गलमा लगेर बलात्कार गरेको बताइएको छ ।

घटनालगत्तै बालिकाको परिवारले जोरपोखरी प्रहरी चौकीमा जानकारी गराएका थिए । सोही क्रममा प्रहरीले आरोपित तामाङलाई पक्राउ गरेको हो । आरोपी तामाङलाई अनुसन्धानका लागि पाँचथरस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *