Sajhamanch Archive

झापा कनकाईमा श्रीमानले गरे श्रीमतीको हत्या

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । श्रीमतीको हत्या गरेको आरोपमा झापाको कनकाईबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ बिरिङ पुल नजिकैका ४५ वर्षीय आइतराज परियार रहेका छन् ।

कात्तिक ३ गते दिउँसो परियारकी श्रीमती माया घरमै मृत फेला परेकी थिइन् । घटनापछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घटनास्थल पुग्दा आइतराज फेला नपरेपछि प्रहरी खोजी सुरु गरेको थियो । उनलाई इलामको दानाबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

‘पक्राउ परेका आइतराजले श्रीमतीको हत्या गरेको स्वीकारेका छन् । बस्नेतका अनुसार परियारलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *