Sajhamanch Archive

अर्जुनधारा नगरपालिकाको प्रशासकीय अधिकृतमा भूर्तेलले जिम्मेवारी सम्हाले

Published: (Updated: ) in स्थानीय तह by .

अर्जुनधारा ।  जिल्ला समन्वय समिति झापाबाट सरुवा भई अर्जुनधारा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेका छन् ।

कार्यालयमा हाजिर भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तोललाई सोमबार नगरपालिकाको सभाकक्षमा औपचारिक स्वागत गरिएको छ ।

संघीय तथा स्थानीय विकास मन्त्रालयबाट आएका भूर्तोललाई नगर प्रमुख हरि कुमार राना, उप–प्रमुख कमला खतिवडाले ढाका टोपी र खादा अविर सहित स्वागत गरेँ ।

वडा अध्यक्ष, कार्यपालिका सदस्य, सासद नगरका कर्मचारी समेतको उपस्थिती रहेको कार्यक्रममा उप– प्रमुख खतिवडाले राजनीति र प्रशासनलाई सँगसँगै डोयाउदै अघि बढ्न जिम्मेवारी समालेका भूर्तोललाई शुभकामना दिइन । आफ्नै स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा खतिवडाले नगरको आन्तरिक र बाहय श्रोत परिचालन गरी अर्जुनधारा विकासको गतिमा अघि बढाउन सफल कार्यकालको अपेक्षा समेत गरिन ।

झापा प्रतिनिधि सभा–२ का सासद पवित्रा खरेलले जनप्रतिनिधि र कर्मचारीको आ–आफ्नो भूमिका भएकाले एकता सद्भाव भए जनताका जुनसुकै काम गर्ने सकिने भएकाले नगरको विकास समृद्धि, उन्नति र जनताका समस्या समाधान गरी अघि बढ्न निर्देशन गरिन । आफ्नो मन्तव्यको क्रममा अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति समेत रहेकी खरेलले स्पष्ट, जवाफदेहि र पारदर्शिता सहितको काममा प्रमुख प्रशासकीयको ध्यान केन्द्रित हुनुपर्ने बताइन ।

नगर प्रमुख रानाले प्रमुख प्रशासकीय अधिकृत भूर्तेलको शिवसतासी नगरपालिकामा काम गरेको अनुभवलाई ध्यानमा राखेँर सिर्जनाको मुहार फेर्दै अघि बढ्न नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट विश्वास लिएको बताए ।

संविधानले परिकल्पना गरेको तीन तहको सरकार मध्ये एक स्थानीय तह भएको बताउँदै प्रमुख रानाले जनताका गर्नुपर्ने र हुनुपर्ने काम दुईचार दिन नअल्मलाई समयमै काम भई सहज वातावरण मिलाउन निर्देशन गरेँ ।

विकास निर्माणको तिव्र गतिमा बढिरहेको भन्दै नगर प्रमुख रानाले जननेता वि.पी. र पुष्पलाल श्रेष्ठले देखाएको समाजवाद उन्मुख चरणमा नेपाली समाज रहेको बताए । न्यायप्रेमी जनताको हकहित, अधिकारलाई उत्तरदायित्व र कर्तव्यमुखी बनाउन आफूले अपेक्षा गरेको बताउँदै कार्यकाल सुखद् होस भनी नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई प्रमुख रानाले शुभकामना व्यक्त गरेँ ।

जिल्ला समन्वय समिति झापाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत भूर्तेलले राजनिती र प्रशासन कतिपय अवस्थामा मिलेर अघि बढ्छ कतिपय अवस्थामा तिर्कता पनि रहने अनुभव सुनाए । उनले थप अघि भनेर्– मिल्नुको विकल्प छैन् , नगरसभाबाट पारित निर्णयहरु कार्यान्वन गरी अघि बढ्नु पर्छ । त्यसैले निर्णय कार्यान्वनमा जाँदा सबै कर्मचारीको भूमिका महत्वपूर्ण रहने बताए ।’

नगर प्रमुख हरि कुमार रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा अधिकृत जानुका गुरागाई, नेकपाका नेता मित्र खतिवडाले भर्खरै जिम्मेवारी सम्हाल्लेका प्रमुख प्रशासकीय अधिकृत भूर्तोलले नगरको समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार सहित रणनीतिक योजना अघि बढ्नेमा विश्वास लिएको बताए । कार्यक्रममा संविधान सभाका सदस्य नरेश खरेल, २ का वडाअध्यक्ष रघुनाथ खनाल, ३–का वडाअध्यक्ष जीवन कुमर भण्डारी, ४–का वडा अध्यक्ष दुर्गा दाहाल, ६–का वडाअध्यक्ष लोकनाथ गौतम, ८–का वडाअध्यक्ष गोपिचन्द्र गौतम, ९–का वडाअध्यक्ष पुष्प प्रसाई, ११–का वडाअध्यक्ष भैरव खड्का, कार्यपालिका सदस्य सकुन्तला बराल लगायतको उपस्थिती रहेको खरिदार खगेन्द्र लिङदेनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *