Sajhamanch Archive

सीमा क्षेत्रमा भारतले बन्द गरायो नेपाली रेडियाे च्यानल

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । भारतविरोधी प्रचार गरेको भन्दै नेपाल–भारत सीमाक्षेत्रमा नेपालका केही रेडियो च्यानलमा भारतले रोक लगाएको छ।

भारतीय गुप्तचर स्रोतले सीमा क्षेत्रका नेपाली रेडियोबाट भारतविरुद्ध प्रचारबाजी र माओवादको गुणगान गरेका कारण सुरक्षामा खतरा देखिएको भन्दै स्थानीय प्रशासनलाई सचेत गराएपछि यो कदम चालेको बताएको छ।

माइती नेपाल, नेपालीको रेडियो, रेडियो हिमालय, रेडियो नेपाल, रेडियो कान्तिपुर, रेडियो अमरापुर र रेडियो तरंगलगायत सीमाक्षेत्रमा सुनिने अखबारले उल्लेख गरेको छ। हिन्दूस्तानका अनुसार उत्तराखण्ड, उत्तर प्रदेश र बिहारसँग सीमा जोडिएका नेपाली क्षेत्रमा केही नेपाली रेडियोले भारतविरोधी प्रचार गरेका कारण प्रहरीले केबल अपरेटरलाई त्यस्ता रेडियो प्रसारण बन्द गराउन निर्देशन दिएको जनाएको छ।

यी रेडियोले भारतसँगको सीमा विवाद, भारतीय सुरक्षा बलको ज्यादती, विगतमा भएको माओवादी जनयुद्धसम्बन्धी सामग्री प्रसारण गर्दै आएका कारण रोक लगाइएको उल्लेख छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *