Sajhamanch Archive

शिवसताक्षीमा लागुऔषध विरुद्ध प्रभातफेरी

Published: in विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षी विभिन्न सामाजिक संघ संघसंस्थाहरुले अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा प्रभातफेरी निकालेका छन् ।
इलाका प्रहरी कार्यालय झिलझिले, सतासीधाम जेसिज, दुधे बजार बिकास समिति, मेची बोर्डिङ स्कुल, दोस्रो जीवन प्रतिस्थान नेपाल, सेभेनसीज स्काउट ट्रुपको आयोजनामा दूधेबजार देखि झिलझिले बजारसम्म प्रभातफेरी पछि कोणसभा गरिएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नगर प्रमुख थोप्राले लागुऔषधको कारोबारमा सम्लग्न सबैलाई निस्कृय गर्न सके मात्र यसको दिर्घकालिन समाधान हुने बताए । शिवसताक्षी नगरपालिका लागु औषध कारोबार र सेवनका हिसावले झापा तेस्रो पालिका रहेको जानकारी दिए ।

लागु पदार्थ दुव्र्यसनी र यसको ओसार पसार नियन्त्रणका लागि नगरबासी आफै पनि जागरुक हुनु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालले लागुऔषधको कारोवारले समाजलाई रोगी बनाउने बताए ।

‘लागुऔषध दुरुपयोग विरुद्धको एक्यवद्धता,व्यक्ति समाज र रास्ट्रको प्रतिबद्धता’ भन्ने मुल नाराका साथ यसपालिको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईको हो । प्रभातफेरीमा लागुऔषधरहित समाज बनाउन सहभागिले आम सर्वसाधरणलाई सुझाएका थिए । कार्यक्रम शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, स्थानीय बुद्धिजिवी, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *