Sajhamanch Archive

शिवसताक्षीको भालुखोलामा दुर्घटना, बाबु छोरीको मृत्यु

Published: (Updated: ) in समाज by .

शिवसताक्षी । पूर्व पश्चिम राजमार्गको दूधे माइधार सडक खण्डमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ उर्लाबारी का ४० वर्षिय गुरु चरण चौधरी र १७ वर्षीय कुम कुम चौधरीको मृत्यु भएको विएंडसी अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले बताए । मृतक दुईजना बाबु छोरी हुन् ।

आज विहान ७ बजे शिवसाक्षीको भालुखोलामा पूर्वबाट पश्चिम तर्फ गइरहेको   प्रदेश १–०२ क ३८७९ नम्बरको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको प्रदेश १–००१ च ७४८२ नम्बरको कारलाई ठक्कर दिदा गाडीमा सवार पाँच जना घाइते भएका थिए । उनीहरुलाई विएडसी अस्पताल विर्तामोड लगिएको थियो ।

घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *