Sajhamanch Archive

ट्रम्पको धम्की, निशानामा रूस र चीन

Published: in राष्ट्रिय समाचार, by .

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु हतियार बनाउने घोषणा गरेका छन्। उनले चीन र रूसमाथि दबाब बनाउन भएपनि अमेरिका परमाणु हतियारले मजबुद बन्ने बताएका छन्।

ट्रम्पले रूसले सन् १९८७६ को इन्टरमिडिएट रेन्ज न्यूकिलियर फर्सेस (आईएनएफ) सन्धिको उलंघन गरेको दाबी गरेका छन्। ट्रम्पले यसपहिले उक्त सन्धिबाट अमेरिका बाहिरिने घोषणा गरेका थिए। जसको विश्वका शक्तिराष्ट्रहरूले चर्को आलोचना मात्रै गरेनन् चीनले त दुईपटक सोच्न धम्की नै दिएको थियो।

ट्रम्पले लगाएको सन्धि उलंघनको आरोपको खण्डन गरेको छ र उसले आफूले पूर्णतः उक्त सन्धि पालना गरिरहेको दाबी गरेको छ। शीतयुद्ध कालमा भएको उक्त सन्धिले मध्यम दूरीको मिसाइल निर्माणमा रोक लगाएको छ। उक्त सन्धिलाई युरोपियन देशहरूमाथि सोभियत संघको खतरालाई कम गर्न लागू गरिएको थियो। रूसले चेतावनी दिँदै भनेको छ यदि अमेरिकाले परमाणु हतियार बनाए आफूले पनि जवाफमा परमाणु हतियार बनाउने घोषणा गरेको छ।

ट्रम्पले भनेका छन् कि अमेरिका आफ्नो हतियार बनाउनेछ। उसले अरूलाई होस नआउन्जेलसम्म हतियार बनाउने घोषणा गरेका छन्। ट्रम्पले भनेका छन्, ‘यो धम्की हो र यो धम्की तपाई जसलाई चाह्यो त्यसलाई हो भन्न सक्नुहुन्छ। चाहे तपाईं यसमा चीनलाई सामेल गर्नुहुन्छ वा रूसलाई। यसमा ती सबै आउन सक्छन् जो खेल खेल्न चाहन्छन्। समझौताको भावनाको पालना गरिएको छैन।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *