Sajhamanch Archive

अब विद्युतीय चुल्हो घरघरमा लैजानेः प्रधानमन्त्री

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले अब हरेक घरको चुलोमा बिजुलीको तार पुग्ने बताएका छन् । साझा यातायातले सञ्चालनमा ल्याएको विद्युतीय बसको सुभारम्भ गर्दै उनले अबको तीन वर्षमा चुलोचुलोमा बिजुलीको तार हुने बताएका हुन् ।

पहिले ग्यास घरघरमा भनेकामा अब विद्युतीय चुल्हो घरघरमा लैजाने सरकारको योजना रहेको उनले बताए ।

उनले भने, “त्यतिबेला घरघरमा ग्यास पाइपभन्दा धेरै चर्चित भयो त्यो शुरु भइसकेको पनि छ, अब हाम्रो योजना विद्युतीय चुल्हो हो ।” ग्यासको सिलिण्डर पु¥याउन नसकिने बस्तीलाई एकीकृत र व्यवस्थित बस्ती बनाउनेमा उनको जोड छ ।

विद्युतीय बसको शुरुवात अहिलेका लागि सानो प्रयास मात्रै भएको प्रधानमन्त्री ओलीले बताए । लुम्बिनीमा चलाउने बस केही समयका लागि काठमाडौँ उपत्यकामा चलाउन लागिएको हो । विज्ञान र प्रविधि मानव जीवनलाई सहज बनाउन प्रयोग हुनुपर्नेमा ओलीले जोड दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *