Sajhamanch Archive

पूर्वी युक्रेनको एक शहरमा रुसबाट मिसाइल आक्रमण

Published: in विश्व समाचार by .

रुसले पुर्वी युक्रेनको एउटा व्यस्त शहरमा मिसाइल आक्रमण गर्दा ४ जनाको मृत्यु भएको छ । आक्रमणमा ४० बढी घाइते भएका छन् । घाइते हुनेमा ८ महिनाका शिशु देखि ३ जना पर्यटक समेत रहेका छन् ।

रुसले हालै कब्जा गरेको भागको नजिक रहेको उक्त शहरमा भएको आक्रमणमा एउटा रेष्टुराँ र बजारमा क्षती पुगेको छ । आक्रमणको समय उक्त रेष्टुराँमा ८० भन्दा बढी ग्राहक रहेको बुझिएको छ ।

ध्वस्त भएको रेष्टुराँको भग्नावशेषमा केही मानिस फसेको आशंकामा उद्धार कार्य जारी छ । पुर्वी युक्रेनको क्रामाटोस्र्क शहरमा १ लाख ५० हजार जनसंख्या रहेको छ । ऐजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *