Sajhamanch Archive

मकालु यातायातमा आगलागी

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर। ग्यारेजमा राखिएको मकालु यातायातमा विद्युत् सर्ट भई आज बिहान आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाको मेचीनगर–७ इँटाभट्टामा काँकरभिट्टाबाट बुटवल जाने मे१ख ५२२ नं को मकालु यातायातमा गाडीकै विद्युत् चुहावट भई आगलागी भएको हो ।

बिहान १०ः३० बजे एक्कासी गाडीमा आगो दन्किएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मेचीनगर नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।

आगलागीबाट गाडी पूर्ण रूपमा जलेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश थापाले बताए। उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *