Sajhamanch Archive

इथियोपियामा भोकमरीका कारण एक हप्तामा ७ सयको मृत्यु

Published: (Updated: ) in लोकप्रिय, विश्व समाचार by .

इथियोपियामा भोकमरीका कारण एक हप्तामा ७ सयको मृत्यु भएको छ । लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलिएको हो । भोकमरीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । देशमा जारी द्धन्द्धकाबीच संयुक्त राष्ट्रसंघ र अमेरिकाले उपलब्ध गराउँदै आएको खाद्यान्न लक्षित बर्गसम्म पुग्न नसकेपछी खाद्यान्न निर्यातमा रोक लगाइएको छ ।

पछिल्लो समय इथियोपियामा तीन लाख भन्दा बढी बालबालिका कुपोषणको शिकार भएको बताइएको छ । इथियोपियाको तिग्रे क्षेत्रमा विद्रोहीले आफ्ना गतिविधि बढाएसँगै आठ महिनाको अवधिमा करिब दुई लाख मानिस भोकमरीमा परेको राष्ट्रसंघले जनाएको छ । टाइगर पीपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ)र सरकारी सेनाबीचको द्वन्द्वका कारण हजारौं नागरिक मारिसकेका छन् भने युद्धकै कारण २० लाख बढी विस्थापित भइसकेका छन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *