Sajhamanch Archive

शिवसताक्षी ३ का महिलाहरुलाई सिलाई मेसिन वितरण

Published: in समाज, स्थानीय तह by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. वडा नं. ३ महिलाहरुलाई सिलाई मेसिन वितरण गरिएको छ ।

शिवसताक्षी नगरपालिकाको लघु उद्यम विकास कार्यक्रम अन्तरर्गत उद्यमी सृजना तर्फ वडा नं. ३ का २२ जना उद्यमी महिलाहरुलाई वडा नं. ३ को भोटेपुल चौकमा मेसिन वितरण गरिएको हो । उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उक्त मेसिन वितरण गरेकी हुन् ।

मेसिन वितरणका क्रममा बोल्दै उपप्रमुख कार्कीले नगर भित्रका महिलाहरुलाई आत्म निर्भर बनाउनका उद्यमशिलतासँग जोड्दै लैजाने बताइन् । पहिले सीप सिकेर मात्र उद्यम गर्न सकिने भएकाले सिलाई कटिङ्गमा तालिम प्राप्त महिलारुलाई मेसिन उपलब्ध गराइएको जानकारी दिइन् । मेसिन पाएका महिलाहरुले अब आय आर्जन गर्न सक्ने उनको भनाई थियो ।

त्यस्तै गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत नै शिवसताक्षी नगरपालिका वडा नं. १० का २० जनालाई विहीबार र वडा नं. ११ का ५ जनालाई महिलाहरुलाई शुक्रबार सिलाई मेसिन प्रविधि वितरण गरिने शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए । मेसिन वितरण कार्यक्रम वडा नं. ३ का अध्यक्ष भाष्कर न्यौपानेको अध्यक्षमा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *