Sajhamanch Archive

शिवसताक्षी नगरपालिकाको नीति तथा कार्यक्रम अनुमोदन, कक्षा ११ का विद्यार्थीलाई निशुल्क शिक्षादेखि, जहाँ अभर त्यहाँ नगर कार्यक्रम सञ्चालन गरिने,

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले १२ औ नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम आज अनुमोदन गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट आज बहुमतले अनुमोदन गरेको हो । नगरपालिकाल आउँदो आवका लागि १ अर्व २१ करोड ४० लाख, ६६ हजार बजेट प्रस्तुत गरेको थियो ।

त्यस्तै शिवसताक्षी नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगर भित्रका समुदायिक विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई निशुल्क शिक्षा प्रदान गरिने समेटिएको छ । नगर भित्रका विद्यालयहरुमा व्यवहारिक शिक्षाका लागि सीप विकास अभिबृद्धी सँगै विद्यार्थी सँग मेयर सीप व्यवहारिक शिक्षा लागु गरिने नगर प्रमुख मेगहाङ्ग थोप्राले बताए ।

प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई छात्रबृत्तीको व्यवस्था गरिने । विद्यालयका पूर्वाधारहरुलाई बाल मैत्री र अपाङ्ग मैत्री बनाइने, शिक्षाको गुणस्तरलाई विशेष प्राथमिकता दिने लगायत विषयहरु नीति तथा कार्यक्रममा समेटिएका छन् ।

त्यस्तै भौतिक पूर्वाधार तर्फ नगरका सडकहरुको इन्भेन्ट्ररी तयार गरी नामकरण गरिने । नगर यातायत गुरु योजना अन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन गरी अधुरा सडकहरुलाई पूर्णता दिने, जहाँ भर त्यहाँ नगर कार्यक्रम लागु गर्ने नगर प्रमुख थोप्राको भनाई छ ।

दुधे रंगशालामा प्याराफिट निर्माणको काम सुरुवात गरी खेलकुद गतिविधी सञ्चालन गर्ने, दुधे बजारदेखि नगरपालिका जोड्ने सडकलाई चौडा गर्ने लगायतका कार्यक्रमहरु १२ औं नगरसभामा प्रस्तुत गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *