Sajhamanch Archive

अमेरिकाको लसएञ्जलसमा ट्यांकरसँग रेल ठोक्किंदा डेढ दर्जन घाइते

Published: in विश्व समाचार by .

अमेरिकाको क्यालिफोर्नियामा यात्रुबाहक रेल पानीको ट्यांकरसँग ठोक्किंदा कम्तिमा डेढ दर्जन घाइते भएका छन् । लसएञ्जलसबाट दुई सय यात्रु लिएर सियाटलतर्फ गइरहेको रेल लसएञ्जलस नजिकै भेन्टुरा काउन्टीमा ट्यांकरसँग ठोक्किएको हो ।

घटनामा रेलका चालकसहित कम्तिमा डेढ दर्जन घाइते भएको र चालकको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेमध्ये १५ जनालाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

भेन्टुरा काउन्टिमा पानी लिएर गइरहेको ट्यांकरले रेलको बाटो अवरुद्ध गर्दा दूर्घटना भएको बताइएको छ ।  एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *