Sajhamanch Archive

रिटर्नी फेडेरेसनद्वारा झरीको प्रवाह नगरी वृक्षारोपण

Published: in विविधा, समाज by .

शिवसताक्षी । जनतेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा दमक नगरपालिका वडा न ७ को रतुवा खेलाको बाँधमा बृक्षारोपण गरिएको छ ।

रिटर्नी फेडेरेसन नेपाल जिल्ला कमिटी झापाको आयोजनामा दमक नगरपालिका वडा न. ७ को समन्वयमा रतुवा खोलाको नयॉ बाध स्थित नयाँ पार्कमा १ सय थान विरुवा रोपिएको हो ।

जननेता मदन भण्डारीको स्मरण र उनका सिद्धान्तहरुलाई जीवनन्त राख्न उनको जन्म जयन्तीमा बृक्षारोपण गरिएको फेडेरेसनका केन्द्रिय उप महासचिव भरत शिवाकोटीले जानकारी दिए । उनका अनुसार रतुवाको तटबन्धनमा झरीको प्रवाह नगरी विरुवा रोपिएको छ ।

बृक्षारोपण कार्यक्रममा स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश सह इन्चार्ज चित्रकला पौडेल, अनुशासन आयोजका सचिव जय ओडारी , निर्वाचन आयोगका सचिव दिपक चापागॉई, केन्द्रीय सदस्यहरु मदन बोहोरा, प्रकाश पराजुली, रमेश रिजाल, कोशी प्रदेश उपाध्यक्ष रेखा रेग्मी साथै जिल्ला नगर र वडा कमिटीहरुका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

बृक्षारोपणका लागि कनकाई वन डिभिजन कार्यालय सुरुङ्गाले मेङो स्टिक, रातो सिरिस पहेलो सिरिस,जडुल, सतिसाल, अम्बा, अमला, तित्री लागयत विभिन्न जातका फुलका बिरुवा उपलब्ध गराएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *