Sajhamanch Archive

फ्रान्समा हिंसात्मक आन्दोलन जारी

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलनले फ्रान्समा हिंसात्मक रुप लिएको छ । आन्दोलन रोक्ने प्रयासमा प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको छ । गत मंगलबार ट्राफिक जाँच भइरहेको स्थानमा कार नरोकेको भन्दै प्रहरीले कार चालक १७ वर्षीय युवक नाहेल एमलाई गोली हानेको थियो । गृहमन्त्री बनाएको बताए । गेराल्ड डारमनिनले प्रदर्शनकारीले देशभरका स्कुल,टाउन हल र प्रहरी स्टेशनलाई निशाना बनाएको बताए । फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोनले प्रहरीले त्यसरी गोली चलाएको घटना माफीयोग्य नभएको टिप्पणी गरे ।

देशभर तनावको स्थिति सिर्जना भएपछि राष्ट्रपति म्याक्रोनले मन्त्रीहरुको आपतकालीन बैठकसमेत बोलाए  । गत वर्ष फ्रान्समा ट्राफिक नियम उल्लंघनको घटनामा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । एजेन्सी ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *