Sajhamanch Archive

शिवसताक्षी ११ का ५० विद्यार्थीलाई छात्रबृत्ती प्रदान

Published: (Updated: ) in शिक्षा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ ले अति विपन्न परिवारका ५० जना छात्र छात्रालाई छात्रबृत्ती प्रदान गरेको छ ।

शिवसताक्षी ११ को श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका आदर्श माध्यमिक विद्यालयका २० जना, मैनाचारी प्रा.वि. र भिम नारायण प्रा.वि.का १५÷१५ जना छात्र छात्रलाई छात्रबृत्ती वितरण गरिएको हो ।

उनीहरुलाई नगर उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई र वडाध्यक्ष बहादुर आङ्गबोले छात्रबृत्ती वितरण गरेका हुन् । विद्यार्थीलाई स्कुल व्याग र शैक्षिक सामाग्री खरिद गर्न जनही १९५० रकम वितरण गरिएको वडा नं. ११ को कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *