Sajhamanch Archive

केन्यामा भयानक सडक दुर्घटना, ४८ जनाको मृत्यु

Published: in विश्व समाचार by .

पश्चिमी केन्याको लन्डियानीमा एउटा भयानक सडक दुर्घटना भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा ४८ जनाको मृत्यु भएको प्रहरी र प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । ढुवानी कन्टेनर बोकेको लरी सडकबाहिर पार्किङ गरिएका धेरै सवारी साधनमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि यसका धेरै भिडियोहरू सार्वजनिक भएका छन् । भिडियोहरूले क्षतिग्रस्त मिनी बसहरू र ट्रकहरू साथै कार र मोटरसाइकलका टुक्राहरू देखिएको छ ।

रिपोर्टका अनुसार क्षेत्रीय प्रहरी कमाण्डर टम ओडेराले घटनाको जानकारी दिँदै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको बताए । दुर्घटनाको समयमा त्यहाँ उपस्थित चालक पिटर ओटिएनोले तीव्र गतिमा एउटा ट्रेलर आइरहेको देखेको उनले बताए । ‘मैले कारलाई घुमाएँ र ठोक्किनबाट जोगिए,ु उनले भने । उनका अनुसार करिब २० वटा शव आफ्नै आँखाले देखेको बताए । यस क्रममा अन्य धेरै शव पनि सवारीसाधन मुनि थिए । ऐजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *