Sajhamanch Archive

डेंगुको काारणएक जनाको मृत्यु, बढ्न थाले संक्रमित

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । वर्षायामसँगै डे‌गुको संक्रमणा बढ्न थालेको छ भने एक संक्रमितको मृत्युसमेत भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार केही दिनअघि सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३० वर्षीय एक युवाको मृत्यु भएको हो।

महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा। गोकर्ण दाहालका अनुसार हाल धरानमा डे‌गु संक्रमितको संख्या बढिरहेको छ।उनका अनुसार पछिल्लो समय धरानमा ७५ जनामा डेंगु पुष्टि भएको छ। ‘अहिले धरानमा अलि बढी डेंगुको केश देखिन थालेको छ, एक जना संक्रमितको मृत्यु समेत भएको पुष्टि भएको छ, संक्रमण बढ्दै जाँदा स्थानीय तहसँग समन्वय गरेर संक्रमण नियन्त्रण कार्यसमेत भइरहेको छ’ डा दाहालले भने।

धरान मात्रै होइन बिस्तारै देशका अन्य जिल्लाहरूबाट डेंगुका केशहरू रिपोटिङको संख्या बढेको छ । यो वर्ष मात्रै हालसम्म देशभर एक हजार २४ वटा डेंगुको केश रिपोटिङ भइसकेको महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. दाहालको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *