Sajhamanch Archive

पठन संस्कृतिको विकासका लागि शिवसताक्षीमा ज्ञानघर निर्माण

Published: (Updated: ) in मुख्य समाचार, विविधा, शिक्षा, समाज, स्थानीय तह by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा पठन संस्कृतिको विकास गर्न ज्ञान घर निर्माण भएको छ । नगरपालिकाले पछिल्लो समय पठन संंस्कृति हराएको भन्दै पहिलो चरणमा नगरको तीन स्थानमा ज्ञान घर निर्माण गरेको हो । स्थानीय गोर्खाली हर्ट नेपालको संयोजकमा शिवसताक्षी नगरपालिकाले ४ लाखको लागतमा ज्ञानघर निर्माण गरेको हो ।

शिवसताक्षी वडा नं. ७ स्थित व्याङ्गडाँडा चौकमा निर्माण गरिएको ज्ञान घरको शनिबार उद्घाटन गरिएको छ । उद्घाटनका क्रममा बोल्दै नगर प्रमुख मेगाहाङ्ग थोप्राले यसै आर्थिक बर्षमा शिवसताक्षी नगरपालिकाभित्र माइधार र धरमपुरमा ज्ञानघर तयार भइसकेको र आगामी आर्थिक बर्षमा थप ४ स्थानमा ज्ञानघर निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिसकिएको बताए ।

पछिल्लो समय वालवालिकारुमा मोवाईल र टिभीको लतका कारण आचरण र मानसिक स्वास्थ्यमै समस्या देखिएपछि पत्रपत्रिका र पुस्तक पठन सस्कृतिको विकासका लागि नगरका प्राय सबै चौकमा ज्ञानघर निर्माणको अभियानलाई देशकै नमुनाका रुपमा नगरले लगेको नगरप्रमुख थोप्राले जानकारी दिए । ज्ञानघरलाई नगरव्यापी बनाउनका लागि नगरपालिकाले नीति बनाएर र आवश्यक बजेट समेतको व्यावस्थापन गरिसकेको नगरप्रमुखको भनाई छ ।

ज्ञानघरको लागि अघिल्लो आर्थिक बर्षबाट बजेट बिनियोजन सुरु गरेकोमा झापाकै १५ पालिका तथा सम्भवत कोशी प्रदेशकै नौलो कार्यक्रम यस ज्ञानघर निर्माण भएको नगरप्रमख थोप्राले बताए । ज्ञानघरबाट सबै उमेर समुह र समुदायका नगरवासीले फाइदा लिन सक्नेछन् । ज्ञानघरमा विद्यार्र्थी, घर गृहणी, लोकसेवा आयोगको तयारी गर्ने नागरिक देखि लिएर राजनीतिक गतिविधि जान्न चाहने आम नागरिक, नेतासमेतलाई फाइदा पुग्नेगरि पत्रपत्रिकाको व्यवस्था गरिने समेत नगरप्रमुखको भनाई थियो ।
ज्ञानघरलाई शिक्षाकै महत्वपुर्ण लगानीका रुपमा लिइएको र नगरपालिकाले समग्र बजेटको करिव १० प्रतिशत बजेट शिक्षामा बिनियोजन गरिएको शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङ्गले बताए ।

शिवसताक्षी १० माइघरमा निर्माण भएको ज्ञानघर

नगरका ग्रामिण चौकहरुमा स्थापना हुने ज्ञानघरमा पुस्तक, विभिन्न पत्रपत्रिका र जानकारीमुलक सुचनाहरु उपलब्ध हुने छन् । लेखा अधिकृत योङहाङ्गले भने, शिवसताक्षी नगरपालिकालाई शैक्षिक हव बनाउने योजनामा ज्ञानघरको मुख्य भुमिका रहने छ ।

कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिका ७ का वडाअध्यक्ष भवानीविक्रम चेम्जोङ्गले ज्ञानघर निर्माण नगरकै मात्र नभएर जिल्लाकै नौलो कार्यक्रम भएको भन्दै नगरको गौरवको योजना भएको दावी गरे । ज्ञानघरलाई सबै उमेर र समुहका नागरिकले फाइदा लिन समेत वडाअध्यक्षले अनुरोध गरेका छन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका शिक्षा शाखा प्रमुख छविलाल ढकाल, शिवसताक्षी रेडक्रसका अध्यक्ष गोविन्द काफ्ले, किँरात याक्थुङ चुम्लुङका अध्यक्ष वीरवल जबेगु, मेची अंग्रेजी माविका पिन्सिपल पदम कुबँर लगायतले ज्ञानघर निर्माणले शिवसताक्षीको शिक्षा र नैतिक आचरणका क्षेत्रमा महत्वपुर्ण काम भएको बताए ।

यसैविचमा ज्ञानघर निर्माणपछि स्थानीय उमा अधिकारी, रोहित गिरी लगायातका दाताहरुले ज्ञानघरका लागि पुस्तक समेत प्रदान गरेका थिए । कार्यक्रमको स्वागत चन्द्रहाङ लिङदेनले गरेका थिए भने कार्यक्रमको सभापतित्व गोर्खाली हर्टका अध्यक्ष बिजय लिम्बुले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *