Sajhamanch Archive

केएनके स्पोर्टिङ्ग क्लबद्वारा फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक तथा सहयोगी दातालाई सम्मान

Published: in खेलकुद, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षी १० स्थित केएनके स्पोर्टिङ्ग क्लबले नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ ।

माइधर स्थित केएनके कभर्डहलमा एक कार्यक्रमको आयोजना गरी क्लबले आय व्यय सार्वजनिक गरेको छ । फुटबल प्रतियोगिताको आम्दानी तर्फ ७ लाख १३ हजार २ सय ४२ मा र खर्चमा ४ लाख ४३ हजार ३१ रहेको आर्थिक संयोजक राजकुमार बस्नेतले बताए । जसमा बैंक मौज्दात २ लाख ३१ हजार ७ सय र उठ्नबाँकी रकम ३७ हजार ५०१ रहेको छ ।

प्रतियोगितामा शिवसताक्षी नगरपालिका, वडा नं. ११ र १० लगायत विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग गरेका थिए ।

कार्यक्रममा प्रतियोगितामा आर्थिक सहयोग गर्ने दाताहरुलाई ५० गरिएको छ । प्रतियोगितामा सहयोग गर्ने ६५ जनालाई सम्मान पत्र प्रदान गर्दै माला लगाएर सम्मान गरिएको क्लब अध्यक्ष डिगम पराजुलीले जानकारी दिए । त्यस्तै क्लबले माइधाम डोजो शिवसताक्षी १० का खेलाडीहरुलाई सम्मान गरेको छ । सितरियो कराँते राष्ट्रिपति रिनिङ्ग शिल्ड, मदन भण्डारी स्पोर्टिङ्ग एकाडेमीले आयोजना गरेको राष्ट्रिय प्रतियोगिता र प्रदेश स्तरीय खेलहरुमा उत्कृष्ट ८ जना खेलाडीलाई सम्मान गरिएको थियो ।

केएनके स्पोर्टिङ्ग क्लबले नगर स्तरीय अन्तर वडा भेट्रान तथा अन्डर फिप्टिन फुटबल प्रतियोगिता जेष्ठ ६ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *