Sajhamanch Archive

छाडा पशु चौपायाको विषयमा ७५ वर्षीया वृद्धालाई मानव मलमुत्र खुवाइयो

Published: (Updated: ) in समाज by .

उदयपुर ।  उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ मौवासीकी ७५ वर्षीय वृद्धालाई मलमुत्र खुवाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आफू एक्लै बसी गुजारा गर्दै आउनुभएकी वृद्धालाई छिमेकीको परिवारै मिलेर मलमुत्र खुवाएको व्यहोराको जाहेरी जिल्ला प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललन कुर्मीले बताउनुभयो ।
मंगलबार राति वृद्धाकी छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भि राई र देवबहादुर राईले कुटपिट गरी दिसा गर्न लगाई सोही दिसा खुवाइदिएको र जीउ नै भरि दलेका् व्यहोराको उजुरी आएको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिनुभयो ।
कुटाईवाट वृद्धाको दायाँ आँखामा गम्भिर चोट लागेको छ भने शरीरको अन्य भागमा पनि निलडामहरु रहेका छन् । जीउभरि दिशा दलिएको अवस्थामा जिल्ला प्रहरी आउनु भएकी वृद्धाको घाउ जाँच र केश फारमको लागि जिल्ला अस्पताल पठाएको र आरोपीलाई पक्राउ गर्नको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
छिमेकीले दिनहुँ जसो आफ्नो बारीमा छाडा गाईबस्तु छोड्ने र लगाएको बालिनाली नास गरेपछि हैरान भई छिमेकीलाई दुखेसो पोख्दा उल्टै आफूलाई मलमुत्र खुवाएको वृद्धाले बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *