Sajhamanch Archive

कतारमा गौरीगञ्जका राजवंशीको निधन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

विर्तामोड। वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका झापाका एक व्यक्तिको निधन भएको छ । गौरीगञ्ज गाउँपालिका वडा नं. ६ खजुरगाछी गौरीयाडाँगी निवासी जगदिश राजवंशीको निधन भएको हो । हिजो विहान अचानक रिङ्गटा लागेर लडेका राजवंशीको अल्पायुमा निधन भएको गौरीगञ्जका पत्रकार आत्माराम राजवंशीले बताएका छन् । मृतकका श्रीमती र २ छोरी रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *