Sajhamanch Archive

ललिता निवास प्रकरणमा मेरो कुनै भूमिका छैन : डा. भट्टराई

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो कुनै स्वार्थ भूमिका नभएको बताएका छन् । प्रकरणमा आफ्नो प्रमकालमा मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै व्यक्तिले चिन्ता गरेको भन्दै उनले १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका र तीबारे प्रमले सबै सम्झनसक्ने कुरो नहुने जिकिर गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ ललिता निवास सम्बन्धी प्रस्ताव भूमिव्यवस्था मन्त्रालयबाट आएर म प को सामाजिक (? )समितिमा छलफलपछि म पबाट पारित भएजस्तो लाग्छ। मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ? यो कुरा मैले अख्तियारको टोलीले केही बर्ष पहिले लिएको बयानमा पनि भनेको छु।’

तत्कालीन प्रमको हैसियतले आफूसँग जोडिएको विषय यति रहेको उनले जिकिर गरेका छन्। ‘त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन। कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप ळगाएको पनि छैन’, भट्टराईले भनेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *