Sajhamanch Archive

पूर्वीनाकाबाट मरिचको तस्करी बढ्यो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

मेचीनगर । पूर्वीनाकाबाट मरिचको तस्करी बढेको छ । भारतमा मरिचको मुल्य महंगो भएका कारण मरिच तस्करीमा संलग्नले दोब्बर भन्दा बढी नाफा कमाउने भएकाले यसको तस्करी बढेको प्रहरीको भनाई  छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले बुधबार मेचीनगरका विभिन्न स्थानबाट भारततर्फ लैजार्दै गरेको अवस्थामा १ लाख २५ हजार रुपैयाँमुल्य बराबरको २ सय ५० केजी मरिचसहित करिव ३ लाख रुपैयाँमुल्य भन्दाबढीका अवैध सामान पक्राउ गरेको छ ।

प्रहरी नायव उपरीक्षक महेश थापाका अनुसार १२ हजार ५ सय रुपैयाँ मुल्य बराबरको २५ केजी सुकमेल, २० हजार रुपैयाँ मुल्य बराबरको ४ सय केजी मटर, ५१ हजार रुपैयाँ मुल्य बराबरको २ सय ५५ केजी सुपारी तथा ३३ हजार रुपैयाँ मुल्य बराबरको ३३ डण्डा चुरोट पक्राउ गरिएको हो । यसैगरी, प्रहरीले गोप्य सूचनाका आधारमा लत्ताकपडा र खाद्यन्नका सामाग्री समेत पक्राउ गरेको छ ।

पक्राउ गरिएका सवै मालसामान आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाईएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । प्रहरीका अनुसार पछिल्लो समय यस्मा संलग्नहरुका लागि काँकरभिट्टा नाका सुरक्षित बनेको पुष्टि भएको छ ।

मेचीनगरको नकलबन्दा, सतिघट्टा, भानुटोललगायतको बाटो हुँदै दिउसो र साझ सीमा क्षेत्रमा पुर्याउने  गरिएको मरिच भारतका विभिन्न बजारमा पुर्याईन्छ । भारतसँग सीधा सीमा जोडिएको नेपाली बजारमा मरिच स्टोर गरी राखिने गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *