Sajhamanch Archive

मोती माविका पूर्व विद्यार्थीद्वारा १३ शिक्षकलाई सम्मान तथा ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by .

शिवसताक्षी । शिवसताक्षी । झापा शिवसताक्षी २ स्थित मोती माध्यमिक विद्यालयका १३ शिक्षक सम्मानित भएका छन् ।

पूर्व विद्यार्थी विनिता राईले आफुलाई पढाउने शिक्षकलाई सम्मान तथा विद्यार्थीहरुलाई स्कुल व्याग र शैक्षिक सामाग्री वितरण गरेकी छन् ।
उनले लियो क्लब विराटनगर संस्था मार्फत ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकी हुन् ।

वि.सं. २०७२ सालमा मोती माध्यमिक विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गरी पढाईको शिलशिलमा विराटनगर बस्दै आएकी राईले आफ्नै स्कुलमा केही न केही गरौ भन्ने भावनाले आफु अध्यक्ष समेत रहेको लियो क्लब विराटनगर मार्फत शैक्षिक सामाग्री वितरण गरेको बताइन् । उनले आफु अध्ययन गर्दा स्कुल व्याग नहुँदा भोगेको दुःख अहिले भाई बहिनीहरुले भोग्नु नपरोस भनेरै स्कल व्याग वितरण गरेको जानकारी दिइन् ।

मोती माविका शिक्षकहरु शान्तिराम भट्टराई, रुद्र भट्टराई, हरी दंगाल, तुलसीराम भट्टराई, रोमनाथ अधिकारी, ख्याम सिग्देल, सिताराम निरौला, पुन्य ढुंगाना, देवेन्द्रराज गौतम, दिलकुमारी पनेरु, प्रेम भुजेल, र हरि गौतम सम्मानित भएका हुन् । उनलाई पूर्व विद्यार्थी तथा लियो क्लब अफ विराटनगरकी अध्यक्ष विनिता राई, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, इलाका प्रहरी कार्यालयका इन्चार्ज युवराज कटुवालले खादा लगाईदिएर सम्मान पत्र प्रदान गरेका थिए ।
त्यस्तै गरी सोही विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई स्कुल व्याग र कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई कपि वितरण गरिएको पूर्व विद्यार्थी विनिता राईले बताइन् ।

कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन) ले विनिताले आफु अध्ययन गरेको विद्यालयका शिक्षकहरुलाई सम्मान र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर प्रशंनीय काम गरेको बताए । उनले सवै विद्यार्थीहरुलाई विनिताबाट केही न केही सिक्न आग्रह गरे । नगरपालिकाले शिक्षामा क्षेत्रमा ठूलो लगानी गरेको छ । उनले भने, आ.व. २०८०÷ ०८१ मा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई निशुल्क शिक्षा प्रदान गर्न बजेटको व्यवस्थान गरिएको छ । पठन संस्कृतिको विकासका लागि ज्ञान घर निर्माण गरिएको नगर प्रमुख थोप्राले बताए । विद्यालयको चौतफी विकासमा नगरपालिकाले काम गरिरहेको उनको भनाई थियो ।

अध्यक्ष राईले सम्मान कार्यक्रममा सक्रिय रहेर स्वयमसेवको रुपमा खटिने स्काउटका चार जना विद्यार्थीहरुलाई स्काउट ड्रेसका लागि नगद ४ हजार प्रदान गरेकी थिइन् । कार्यक्रममा अध्यक्ष राईले विद्यालयलाई मेडिकल बक्स समेत प्रदान गरेकी थिइन् ।

कार्यक्रममा विद्यालयका प्रअ लोकबहादुर लावतीले शैक्षिक सामाग्री वितरण गर्ने विद्यार्थी राईलाई धन्यवाद दिएका थिए । कार्यक्रममा पूर्व विद्यार्थी राईका बुबा आमा राजबहादुर राई, राजकुमारी राई, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख युवराज कटुवाल विर्तामोड लियोका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । लियो जिल्ला परिषद ३२५ सीको जिल्ला सचिव संजय जंग थापाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *