Sajhamanch Archive

पाँचथरमा बाढीपहिरोका कारण कृषि बालीमा साढे २ करोड बढीको क्षति

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

पाँचथर । असार २ गते आएको अविरल वर्षा र बाढीका कारण पाँचथरमा २ करोड ५० लाख वढिको कृषि बालीमा क्षति भएको छ । जिल्लाको फिदिम नगरपालिका,याङवरक,हिलिहाङ र फालेलुङ गाउँपालिकामा कृषकले लगाएको धान, मकै, आलु, उखु, किवी, अम्रिसो, लोकता, अलैँची लगायतको कृषि बालीमा २ करोड ५८ लाख ३४ हजार ३ सय रुपैयाँको क्षति भएको कृषि ज्ञान पाँचथरका प्रमुख शालिकराम भट्टराईले जानकारी दिए ।

कार्यालयले लिएको प्रारम्भिक क्षतिको विवरण अनुसार जसअन्तर्गत फिदिम नगरपालिकाको वडा न. ४, ५, १० र ११ न. वडाका ६२ घरधुरीका कृषकले ३ सय ६० रोपनी क्षेत्रफलमा लगाएको धान, मकै, ग्यामरा उखु बालीमा क्षति हुँदा २६ लाख ११ हजार ४ सय ४२ रुपैयाँको कृषि बालीमा क्षति भएको हो ।

यस्तै, याङवरक गाउँपालिकाको वडा न. १ र २ मा ११ सय रोपनी खेतमा बाढी र पहिरोले क्षति पुर्‍याउँदा कृषकले लगाएको अलैँची र धान बालीमा गरी १ करोड ४८ लाख २९ हजार ९ सय रुपैयाँको क्षति भएको छ । त्यसैगरी हिलिहाङ गाउँपालिका वडा न।६ र ७ मा ७ सय रोपनी क्षेत्रफलमा कृषकले लगाएको धान र मकै बालीमा क्षति हुँदा ३० लाख ५९ हजार ८ सय ८० रुपैयाँको क्षति भएको हो ।

साथै फालेलुङ गाउँपालिका वडा न। ३,४,५ र ७ न वडामा कृषकले लगाएको धान, मकै, किवी, अम्रिसो, लोकता, अलैँची, आलु बालीमा क्षति हुँदा ५१ लाख ५३ हजार ७८ रुपैयाँ क्षति भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *