Sajhamanch Archive

स्व. कोइरालाको जन्म जयन्तीको अवसरमा नेवि संघ झापाद्वारा निशुल्क आँखा शिविर

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । नेपाल विद्यार्थी संघ झापाको आयोजनामा गरिएको आँखा शिविरमा २५२ जनाले सेवा लिएका छन् ।

स्व. गिरिजाप्रसाद कोइरालकाको जन्म जयन्तीको अवसरमा शिवसताक्षी नगरपालिका वडा नं. ७ स्थित भानु माविमा भएको आँखा शिविरमा २५२ जनाले निशुल्क आँखा जाँच गराएका हुन् ।

शिविरमा काँकरभिट्टा आइकियर सेन्टरको प्राविधि सहयोग रहेको नेपाल विद्यार्थी संघ झापाले जनाएको छ । शिविरमा जाँच गराएका ५० जनामा मोतिबन्दु देखिएकोले विहीबार निशुल्क शल्यक्रिया गरिने नेपाल विद्यार्थी संघका जिल्ला सभापति संजय निरौलाले जानकारी दिए ।

शिविरको उद्घाटन नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भक्तिप्रसाद सिटौलाले गरेका थिए । शिविर विहान ९बजेदेखि ४ बजेसम्म सञ्चालन भएको थियो । शिविरमा शिवसताक्षी नगरपालिका वडा नं. ७ का अध्यक्ष भवानी प्रसाद चेम्जोङ्ग, नेपाल तरुणदलका केन्द्रिय सदस्य राजेन्द्र उप्रेती, नेपाली कांग्रेसका नेता तुलाराम बोखिम, इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज युवराज कटुवाल, भानु माविका प्र.अ. डामकुमार कुँवर लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *