Sajhamanch Archive

भाकपा महासचिव येचुरी काठमाडौंमा

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं – भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरी नेपाल आउनु भएको छ ।

त्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा महासचिव येचुरी बिहीबार बिहान काठमाडौं आइपुग्नु भएको हो ।

नेपाल आइपुग्नु भएका उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो नेपाल बसाई दुई देश र दुई पार्टीबीचको सम्बन्धलाई अझै बलियो बनाउन केन्द्रित हुने बताउनुभयो । त्यस अवसरमा दुई मुलुकबीचको जनस्तरको सम्बन्धको पनि उहाँले उल्लेख गर्नु भएको थियो ।

नेपाल बसाईको क्रममा महासचिव यचुरीले प्रधानमन्त्री केपी ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुसँग भेटवार्ता गर्नु हुनेछ । उहाँले शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानद्धारा आयोजित विचार गोष्ठीलार्इं पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शनिबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापान कार्यक्रममा सहभागी भएपछि महासचिव येचुरी स्वदेश फर्कनु हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *