Sajhamanch Archive

भूतपूर्व सैनिक संघ नेपालले बुझायो नगरपालिकामा ज्ञापन पत्र

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । शिवसताक्षीको दूधेको संयुक्त भूत पूर्व सैनिक संघ नेपालले शिवसताक्षी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

संघले भूतपूर्व सैनिक र सैनिक परिवारले पाउँदै आएको समाजिक सुरक्षा भत्ता कटौति भएको भन्दै ६ बुँदे मागसहित नरबहादुर राईको नेतृत्वमा नगरपालिकामा ज्ञापन पत्र बुझाएको हो ।

विगतमा सैनिकले गरेको योगदानलाई राज्यले विर्सिएको भन्दै आफुहरुले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता काट्नु नहुने संघ अध्यक्ष तथा नेतृत्वकर्ता राईले बताए ।

भूतपूर्व सैनिक एकल महिलाको कटौति गरेको भत्ता फिर्ता गर्नु पर्ने, पाँच हजार भत्ता सुरक्षा सेवामा दिने घोषाणा अनुसार लागु गर्नु पन जस्ता माग ज्ञापन पत्रमा उल्लेख छ ।

नगरपालिकामा ज्ञापन पत्र बुझाउने क्रममा सहभागीहरुले नाराबाजी समेत गरेका थिए ।

ज्ञापन पत्र बुझ्दै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले मन्त्री परिषदको निर्णयबाट काटिएको सामाजिक सुरक्षा भत्ता फिर्ता भईसकेको बताइन् । उनले अब श्रावण महिनादेखि कै भत्ता पाउने समेत जानकारी दिइन् ।
ज्ञपान पत्र बुझाउने कार्यक्रममा करिव दूई सय सहभागी भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *