Sajhamanch Archive

कोठा-कोठा पसेर धर्म प्रचार

Published: (Updated: ) in मिडियाबाट साभार by .

गोरखा । गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा सक्रिय देखिएका छन् ।

धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर-घर एवं कोठा-कोठा गएर धर्म प्रचार गर्ने गरेका छन् ।

‘बिहान झिसमिसेमै तीन जनाको टोली हामी आउन सक्छौं ? भन्दै कोठाभित्र आए’, हरमटारी टोलका स्थानीयले भने, ‘एक जना माराको नाम गरेका जापानी नागरिक रहेछन् । एकजना मसेल रावलडाँडाकी देविका रावल रहिछन् । अर्कोको नाम बिर्सिएँ ।’

उनीहरु कोठामा आएर एक घण्टासम्म क्रिस्चियन धर्मको बयान गरी यस धर्ममा आउनु भनेर फकाउँदै बाइबल दिएर गएको उनले बताए ।

भूकम्पपछि गोरखामा क्रिस्चियन धर्म प्रचारले तीव्रता पाएको छ । विशेष गरी विपन्न बस्तीमा बढी धर्म प्रचार हुने गरेको पाइएको छ ।

मान्दै आएको धर्म मान्न पाउने, भजनकिर्तन गर्न पाउने व्यवस्थालाई संविधानले सुनिश्चित गरे पनि धर्म प्रचार गर्न नपाइने संवैधानिक व्यवस्था छ ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने, ‘धर्मप्रचार गरेको बारे सूचना संकलन गरिरहेको छु, त्यस्ता समूह भेटिए कानुनअनुसार कारबाही हुन्छ ।’

अन्नपूर्ण पोष्टबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *