Sajhamanch Archive

यौन उत्पीडन गरेको आरोप लागेका ४८ कर्मचारी गुगलबाट हटाइए

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

न्यूयोर्क । गुगल कम्पनीले यौन उत्पीडन गरेको आरोप लागेका १३ जना वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई सेवाबाट निस्कासित गरेको छ ।

सन् २०१६ देखि यौन उत्पीडनको आरोप लागेका उनीहरुलाई गुगलले सेवाबाट निस्कासन गरेको हो । गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचईले आफ्ना कर्मचारीको नाममा पत्र सार्वजनिक गर्दै दुर्व्यवहारको आरोपमा यो कडा निर्णय गरिएको बताएका छन् ।

यो पत्र न्यूयोर्क टाइम्समा सार्वजनिक भएको एउटा प्रतिवेदनको जवाफमा लेखिएको बताइएको छ । जसमा एन्ड्रोइड निर्माता एन्डी रुविनमाथि लागेको यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलरको प्याकेज दिएर बिदाइ गरिएको उल्लेख थियो । तर, रुविनका प्रवक्ताले भने यो आरोपलाई अस्वीकार गरेका थिए ।

रुविनले सन् २०१४ मै कम्पनी छाडेका थिए । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार त्यस बेला उनलाई भव्य पार्टी दिइएको थियो । प्रमुख कार्यकारी अधिकृत पिचईले आफ्नो पत्रमा न्यूयोर्क टाइम्सको रिपोर्ट पढ्दा धेरै कष्ट भएको र यसबारे गुगल गम्भीर रहेको उल्लेख गरेका छन् । उनले गुगल आफ्ना कर्मचारीलाई सुरक्षित कार्यक्षेत्र दिन तयार रहेको बताएका छन् ।

उनले यौन उत्पीडनको आरोपबारे अनुसन्धान गरेपछि नै कर्मचारी निस्कासनको फैसला गरिएको जिकिर गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *