Sajhamanch Archive

आगलागीमा परेर हजुरआमा र नातिको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दोलाखा । दोलाखा जिल्लाको गौरीशंकर गाउँपालिकामा आगलागीमा परेर हजुरआमा र नातिको ज्यान गएको छ ।

गौरीशंकर गाउँपालिका ९ मा रहेको टासिनाम शेर्पा गाउँका गोपाल शेर्पाको घरमा आगो लाग्दा उनीकी ८० वर्षकी आमा डालकी शेर्पा र १२ वर्षका छोरा मिङमा शेर्पाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान साढे २ बजेतिर लागेको आगोमा परेर शेर्पाका १५ वर्षका अर्का छोरा फूर्साङ घाइते भएका छन् । फूर्साङलाई उपचारका लागि चरिकोट पठाइएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *