Sajhamanch Archive

दुई नेकपाको नाम विवादमा फैसला हुँदै 

Published: (Updated: ) in राजनीति by .

काठमाडौं–‘नेपाल कम्युनिष्ट पार्टी’ को आधिकारिकताको विषयमा आज निर्वाचन आयोगले अन्तिम फैसला गर्दैछ ।

ऋषि कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टीले आफू आधिकारिक रहेको र सत्तारुढ दलले आफ्नो नाम कीर्ते गरेको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी गरेको थियो ।

दुई दलबीचको नामको आधिकारिताको विषयमा विवाद भएपछि आयोगले दुबै पक्षलाई बोलाएर छलफल शुरु गरेको थियो ।  आयोगमा यसबारे बहस चलिरहेको छ ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको संलग्नतामा निर्वाचन इजलास गठन भएको छ । उक्त इजलासले बहस सुनिसकेपछि ऐन, कानुन हेरेर तथा कानुनी परमर्श गरेर निर्णय गर्ने आयोगका प्रवक्ता दीपक सुवेदीले रातोपाटीलाई जानकारी दिए ।

बहसमा सक्तारुढ नेकपाका तर्फबाट मुक्ति प्रधान र बाबुराम दाहाल सहभागी छन् भने ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाबाट कट्टेल सहित दण्डपाणि पौडेल र लोकनारायण सुवेदी सहभागी छन् ।

गएको जेठ ३ गते पूर्व माओवादी र पूर्व एमाले बीच एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी र ऋषि कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टीबीच शुरुदेखि नै नाममा विवाद आएको थियो । यद्यपी पार्टी एकीकरण भएर बनेको नेकपाले पार्टीको नामपछि कोष्टक चिन्हमा नेकपा राखेको छ ।

आयोगमा हालसम्म दर्ता रहेको ८ कम्युनिष्ट पार्टीहरुले कोष्टकभित्र अर्को नाम राखेका छन् । सत्तारुढ दलको नेकपाले पनि कोष्ठकभित्र अर्को नाम नेकपा राखेका कारण सत्तारुढ नेकपाले वैधानिकता पाउने सम्भावना छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *