Sajhamanch Archive

‘जय भोले’एक हप्ताको कलेक्सन तीन करोड

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जय भोले’ले लगानी सुरक्षित गरेको छ । फुलपातीका दिनबाट प्रदर्शनमा आएको चलचित्रले लगानी सुरक्षित गरेको निर्माण पक्षले जनाएको छ ।

निर्देशक अशोक शर्माले चलचित्रले एक हप्तामा ३ करोड २ लाख ग्रस कलेक्सन गरेको जानकारी दिए । ‘जय भोले’ एक करोड ३५ लाखमा निर्माण भएको चलचित्र हो ।

मल्टिस्टारर चलचित्र ‘जय भोले’लाई अशोक शर्माले निर्देशन गरेका हुन् । चलचित्रको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । शर्मा १२ वर्ष पछि निर्देशनमा फर्किएका हुन् ।

चलचित्रमा खगेन्द्रसँगै अशोक शर्मा, सौगात मल्ल,  स्वस्तिमा खड्का, बुद्दि तामाङ्ग, सलोन बस्नेतलगायतका कलाकारको अभिनय छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *