Sajhamanch Archive

आँखामा हँसिया गाडिएकी बालिकाको विएण्डसीले गर्यो सफलतापूर्वक शल्यक्रिया

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएण्डसी टिचिङ हस्पिटलमा आँखा भित्र हसिया गाडिएको एक बालिकालाई सफलतापूर्वक सल्यक्रिया गरेको छ ।

झापा दमककी बालिका अन्सु गिरीको आँखाबाट सल्यक्रिया गरी हँसिया निकालिएको पत्रकार सम्मेलन गरी अस्पताल सञ्चालक दुर्गा प्रसाईले जानकारी दिए ।

बालिका मामल गएकी बेला दिदीसँग घाँस काट्न जाँदा चिप्लिएर लडेपछि हँसिया आँखामा गाडिएको थियो । आमा विमला गिरीका अनुसार कार्तिक ५ गते बिहान छोरीको आँखामा हँसिया गाडिएपछि नजिकको अस्पतालले विएण्डसी अस्पतालमा लाने सल्लाह दिए ।

उनी हसियासँगै बालिकालाई बिर्तामोड ल्याएको बताउँछिन् । जटिल तरिकाको केस भएकाले अन्य अस्पतालमा उपचार सम्भव नदेखेपछि डा.धिरज गिरीको टोलीले बालिकाको आँखाको अप्ररेसन गरेको हो ।

डा. गिरीका अनुसार आँखाको देब्रे भागबाट ३ इन्च हसियाको टुप्पो पसेको र नाकको डाँडी समेतलाई असर गरी अर्काे आँखासम्म पुगेकेको थियो । बालिकालाई अपरेसनमा अलिकति मात्र ढिलो गरेकको भए उनको आँखा गुम्ने अवस्थामा पुगेको डा. गिरीको भनाई छ ।

दशौंको बेलामा विएण्डसी अस्पतालले छोरीलाई पहिलेकै अवस्थामा ल्याउँन सफल भएको भन्दै डाक्टर गिरीको टोली छोरीको जीवन दाता भएको आमा विमला गिरीले बताइन् । उनले छोरीको उपचारका लागि भारतको अस्पताल लगेको भए आर्थिक रुपमा महगो हुने र ज्यानको पनि खतरा हुने भन्दै विएण्डीसीले उपचार शुल्क पनि शौलियत गरेको जानकारी दिइन् ।

गएको ३ महिनामा मात्र ४ वटा जटिल तरिकाका विरामीहरुको सफल उपचार सम्पन्न गरेको अस्पतालले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *