Sajhamanch Archive

सहमति पछि खुल्यो दूधे–शिवगञ्ज सडक

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

दूधे । दुई दिन देखि बन्द दुधे शिवगञ्ज सडक शुक्रबार बेलुकीबाट खुेलेको छ । नीलगिरी कस्ट्रसनका ठेक्केदार युवराज डाँगीले आइतबारबाट सडकको काम सुरु गर्ने प्रतिबद्धता जनाएपछि सडक खुलेको हो ।

इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज कैलाश राईले ठेक्केदार युवराज डाँगीसँग सम्पर्क गरी आइतबारबाट सडकको काम शुरु गर्ने प्रतिबद्धता जनाएको बताए ।

दूधेबाट शिवगञ्जसम्म ९ किमी सडकको अन्य भागमा कालोपत्रे भएपनि दूधे, चन्द्रडाँगी बजार क्षेत्रमा काम ढिलाई हुँदा स्थानीयले बाटो बन्द गराएका थिए ।

आइतबारबाट सडकको काम सुरु नगरे बजारबासी फेरी आन्दोलनमा उत्रने स्थानीय सन्तोष नेम्वाङ्गले जानकारी दिए । उनले आइतबारबाट सडक बनाउन सुरु नगरे बजारबासीले नगरपालिकामा ज्ञापन पत्र बुझाउने र सडक बनाउन दवाव मुलक ढंगबाट अघि बढ्ने जानकारी दिए ।

गएको तीन वर्षदेखि विकासको नाममा धुलो खाँदै आएको दूधे बासीले दिर्घकालिन सडकको समस्या सामाधान गर्न लागिपरेको स्थानीय यामकाफ्ले जानकारी दिए ।

सडक निर्माण कार्य अधुरो हुँदा बजारबासीलाई धुलोको कारण स्वास्थ्यमा समस्या आउन थालेपछि स्थानीयबासी संघर्षमा निस्किएका थिए ।

दूधे–शिवगञ्ज ९ किमि सडक निर्माणका लागि र्याप थ्री कन्स्ट्रक्सन कम्पनीले २०७२ सालमा ठेक्का लिएको हो । ८ करोड ५६ लाख ९४ हजार ६९० रुपैयाँमा ठेक्का लिएको थियो । ¥यापथ्री कन्स्ट्रक्सन कम्पनीले निलगिरी कन्स्ट्रक्सन कम्पनीलाई फेरि ठेक्का दिएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *