Sajhamanch Archive

गर्धन थाप्न तयार छु तर मदन मण्डारीको नाममा रंगशाला बन्न दिन्नः प्रवक्ता शर्मा

Published: (Updated: ) in राजनीति by .

दूधे । नेपाली कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले झापाको पाडाजुँगीमा बन्न लागेको रंगशालालाई कुनै पनि हालतमा स्व. जननेता मदन भण्डारीको नामसँग जोड्न नदिने बताएका छन्।

झापाको दूधेमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले रंगशालामा बनाउन राजनीतिक गरे म झापाकै भएकाले गर्धन थाप्न तयार छु तर आदिवासी जनजाति रंगशालाको नाम परिवर्तन हुन नदिने बताए ।

आदिबासी समुदायले आफ्ना पुर्खाको चिहान राखेको ठाँउमा रंगशाला बनाउनका लागि सहमति दर्शाएको उल्लेख गर्दै उनिहरुको भावाना बिपरीत अहिले यहाँ स्व।मदन भण्डारी रंगशाला बनाउन सरकारले कसरत गरेको भन्दै उनले बिरोध गरे ।

यस क्षेत्रका आदिबासी अगुवा तथा पुर्खाको चिहान भत्काउन सहमति जनाएका परिवारका सदस्यहरुका बिरोधका कारण यहाँ काम हुन सकेको छैन । उनिहरुको एउटै माग कुनै पनि हालतमा रंगशालाको नाम परिवर्तन हुने नहुने जनाउदै आएकाछन् । उनिहरुले आदिबासीजनजातीको चिहानमा राजनीति नगर्न समेत बारम्बार आग्रह समेत गर्दै आएका छन् ।
सो कार्यक्रममा १८८ जना पार्टीका अग्रजलाई नेपाली कांग्रेसको झण्डा र चुनाव चिह्नको लोगो अंकित दोसल्ला ओढाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रदेश सांसद ओम सरावगी, पार्टीका पूर्वजिल्ला उपसभापति देउमान थेवे, पार्टी जिल्ला सचिव प्रेम सम्वाहाम्फे, सतानुसिंह राजवंशी, सन्तोष फेवदिन लगायतले आ९आफ्नो धारणा राखेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *