Sajhamanch Archive

हतियारसहित नेपाल प्रवेश गर्दै गरेका तीन जना भारतीय पक्राउ

Published: in राष्ट्रिय समाचार by .

वीरगन्ज । हतियारसहित नेपाल प्रवेश गर्दै गरेका तीन जना भारतीय नागरिक वीरगन्ज–रक्सोल सिमा नाकाबाट पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको टोलीले बी आर ०५ पीए ६१७७ नम्बरको सेतो स्कार्पियो गाडीमा नेपाल प्रवेश गर्दै गरेका तीन भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको पूर्वी चम्पारण मोतीहारी जिल्लाको रामगढवा बजारका २७ वर्षीय अवधबिहारी प्रसाद, सोही ठाउँका ३७ वर्षीय उमेशप्रसाद गुप्ता र स्कार्पियो चालक ओमप्रकाश पासवान रहेका छन् ।

वीरगन्ज महानगरपालिका–१६ स्थित वीरगन्ज भन्सारको मूल गेटबाट चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुका साथबाट ०.३२ इन्चको एक थान एनपीबोर पिष्टल, त्यसमा लाग्ने ८ राउण्ड गोली र २ वटा म्याग्जिन बरामद गरिएको राजश्व तथा भन्सार गस्ती गुल्मका निमित्त गुल्मपति पदम खड्काले जानकारी दिए ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *