Sajhamanch Archive

 एक लाख बराबरकाे भन्सार छली ल्याएको समान बरामद

Published: in समाज, by .

सुनसरी । सुनसरीकाे लाैकहीबाट सशस्त्र प्रहरी बल लौकहीले भारतीय बजारबाट भन्सार छली मोटरसाइकलमा ल्याउदै गरेको अवस्थामा १ बोरा पटाका सहित भन्सार छली ल्याएको समान बरामद गरेको छ ।

लाैकहीका सशस्त्र प्रहरी निरीक्षक आन बहादुर गुरुङ नेतृत्वको टोलिले शुक्रबार दिउँसो भन्सार छलेर ल्याएको अवैध समान नियन्त्रण लिई सुनसरी भन्सार कार्यालय सेतुबन्द कोशी ब्यारेजमा बुझाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक गुरुङका अनुसार भारतीय बजार बाट भन्सार छली ल्याएको ७५ हजार ९ सय बराबरको विभिन्न समान सहित भारतीय नम्बर प्लेट भएको मोटरसाइकल पक्राउ गरी आवश्यक कार्वाहीको लागि सेतुबन्द भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको छ ।

बिहीबार सुनसरीको लौकहीबाट सशस्त्र प्रहरीले टेक्टरमा लोड गरी गिट्टी बालुवा भारत तर्फ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिई भन्सार बुझाएको थियो । ट्रयाक्टर सहित भन्सार छली ल्याएको विभिन्न ६ लाख ७५ हजार बढी मुल्य बराबरको समान भन्सार बुझाएको सशस्त्र प्रहरी बल बिओपी लौकहीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *