Sajhamanch Archive

विर्तामोडमा २९ सञ्चारकर्मीद्वारा सामुहिक रक्तदान

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । झापाका सञ्चारकर्मी आफ्नो पेशासँगै आवश्यक पर्दा मानवीय सेवामा पनि उत्तिकै अग्रसर छन् भन्ने उदाहरण शनिबार बिर्तामोडमा देखिएको छ ।

बिर्तामोडमा २९ सञ्चारकर्मीसहित १७९ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा ३७ औं पटक रक्तदान गरेका बीबीसी नेपाली सेवाका सम्वाददाता उमाकान्त खनालको प्रतिक्रिया थियो– ‘झापामा रगत अभाव भएका बेला हामी सञ्चारकर्मीहरु हेरेर बस्न सक्दैनौं, त्यसैले बिरामीको जीवन बचाउनका लागि रक्तदानमा सरिक भएका हौं ।’

वीरता जेसीजका अध्यक्ष एवम् पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले झापाली सञ्चारकर्मीको रक्तदानमा उत्साहजनक सहभागिताप्रति धन्यवाद ज्ञापन गरेका थिए । गिरीले भने– ‘सञ्चारकर्मी पत्रकारिता पेशासँगै समाजका समस्या समाधानमा उत्तिकै अग्रसर र सक्षम छन् भन्ने उदाहरण सामुहिक रक्तदानबाट पुष्टि भएको छ ।’

वीरता जेसीजका रक्तदान संयोजक ओमप्रकाश लुइँटेलले यति धेरै सञ्चारकर्मीले एकैसाथ रक्तदान गरेको आफूले पहिलोपटक देख्न पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा धेरै सञ्चारकर्मीहरुले पहिलोपटक रक्तदान गरेका थिए । झापाका सञ्चारकर्मीहरु मोहन काजी, उमाकान्त खनाल, रञ्जित प्रसाईं, दयाराम दाहाल, प्रेम आचार्य, गणेशमान मुखिया, राजेन्द्र गौतम, हिमाल खरेल, विनोद सापकोटाले उत्साहका साथ रक्तदान गरे ।

त्यस्तै सञ्चारकर्मीहरु मनकुमार शर्मा, यम विमली, लक्ष्मी काफ्ले, नेत्रविक्रम विमली, सुरेन्द्र भण्डारी, लक्ष्मी उप्रेती, विरु दर्नाल, राधा खनाल, युवराज उप्रेती, रविन भट्टराई, भूमिका सुब्बा, विष्णु रिमाल, विजय बराल, राजु पौडेल, नरेश खाती, प्रणित पुडासैनी, शार्दुल ओली, नरेन्द्र ढकाल, किरण हुमागाई, दुर्गा काफ्लेले समेत उत्साहका साथ रक्तदान गरेका थिए । सञ्चारकर्मी नेत्रविक्रम विमलीले कार्यक्रममा ९९औं पटक रक्तदान गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *