Sajhamanch Archive

पीपीएल क्रिकेटमा धनगढी ब्लुजले विराटनगरलाई एक सय ८३ रनको लक्ष्य दिदै

Published: (Updated: ) in खेलकुद by .

पोखरा । प्रिमियर लिग क्रिकेट अन्तर्गत तेस्रो दिनको खेलमा धनगढी ब्लुजले विराटनगरलाई एक सय ८३ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा १८२ रनमा अलआउट भयो ।

टिमको स्कोर ८ रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले १३ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका दुवै ओपनर सन्दीप सुनार ९ तथा डेन लरेन्स दुई रनमा आउट भए ।

त्यसको लगत्तै दिलिप नाथ पनि ८ रनमा आउट भएपछि धनगढीले ३८ रनमा तेस्रो विकेट गुमायो ।

त्यसपछि दिपेन्द्र ऐरी र विदेशी खेलाडी पिटर ट्रेगोले चौथो विकेटका लागि ६० रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हाले । तर दिपेन्द्र २९ रनमा आउट भएपछि धनगढीले ९८ रनमा चौथो विकेट गुमायो ।

त्यसपछि सस्तैमा दुई विकेट गुमाउँदा धनगढीले एक सय २३ रनमा ६ विकेट गुमायो ।

सन्दीप जोरा १२ रनमा आउट भए भने मन्जित श्रेष्ठ एक रनमा पेभेलियन फर्किए । धनगढीका लागि पिटरले ५३ रनको योगदान गरे ।

अन्तिममा सौरभ खनालले विस्फोटक ४१ रन बनाए । उनले १२ बलमा दुई चौका र ५ छक्का प्रहार गरे । बलिङतर्फ जितेन्द्र मुखियाले चार विकेट लिए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *