Sajhamanch Archive

मेडिकल काउन्सिलको नयाँ नियमप्रति बङ्गलादेशमा अध्ययनरत विद्यार्थीको आपत्ति

Published: (Updated: ) in स्वास्थ्य by .

काठमाडौँ नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) लिनेसम्बन्धमा ल्याएको नयाँ नियमप्रति बङ्गलादेशमा अध्ययनरत विद्यार्थीहरुले विरोध गरेका छन् ।

काउन्सिलले केही साता पहिले निकालेको सूचनाअनुसार नेपालमै एमबीबीएस तथा बीडीएस अध्ययन पूरा गरेकाहरुले ६ महिना इन्टर्नसीप पूरा गरेपछि लाइसेन्स परीक्षामा सहभागी हुन पाउने उल्लेख गरिएको छ ।
तर,  विदेशमा सोही अध्ययन पूरा गरेकाहरुले भने लाइसेन्स परीक्षामा सहभागी हुन एक वर्षको इन्टर्नसीप अनिवार्य पूरा गर्नुपर्ने उल्लेख गरिएको छ ।

सोही निर्णयको लिएर बंगलादेशमा मेडिकल शिक्षा पढ्ने विद्यार्थीहरुको संगठन नेप्लिज स्टुडेन्ड एशोसिएसन, बंगलादेशले विरोध गरेको हो ।

एशोसिएसनका अध्यक्ष नविन यादवले जारी गरेको विज्ञप्तिमा काउन्सिलले ल्याएको नयाँ नियम आफूहरुलाई मान्य नहुने जनाइएको छ ।

काउन्सिलकाे सूचना

विज्ञप्तीमा भनिएको छ, ‘काउन्सिलको नयाँ नियमले विदेशमा चिकित्सा शिक्षा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीलाई हतोत्साहित पार्ने काम गरेको छ । यस्तै बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनको लागि यसै पनि नेपालको भन्दा ६ महिना बढी खर्चिनु परेको सबैलाई नै जानकारी छ । ’

नयाँ नियम कार्यान्वयन गरिए आफूहरु मर्कामा पर्ने भन्दै निर्णय फिर्ता लिन पनि विज्ञप्तिमार्फत माग गरिएको छ ।

काउन्सिलले निणर्य फिर्ता नलिए विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिइएको छ ।

नेप्लिज स्टुडेन्ड एशोसिएसन, बंगलादेशको विज्ञप्ति

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *