Sajhamanch Archive

सलमान खानमाथि लाग्यो बलात्कारको आरोप

Published: (Updated: ) in टिप्स/जानकारी by .

बलिउड अभिनेता सलमान खानमाथि बलात्कारको आरोप लागेको छ । भारतीय मिडियाले जनाएअनुसार ‘मिटू’ अभियान अन्तर्गत मोडल तथा भिजे पूजा मिश्रले सलमानमाथि मात्र नभएर सलमानका दाई अरबाज खान र भाई सोहेल खानमाथि बलात्कारको आरोप लगाएकी छन् ।

भारतीय चर्चित कार्यक्रम ‘बिग बोस’का पूर्वप्रतिस्पर्धीसमेत रहेकी पूजा मिश्रले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै घटनाको वृतान्त सुनाएकी हुन् । मोडेल तथा टेलिभिजन भिजेको रुपमा काम गरिसकेकी पूजाले खान दाजुभाइलाई बलात्कारको आरोप लगाएकी छन् भने अरबाजकी पूर्वपत्नी मलाईका अरोरामाथि पनि उनले आफ्नो रोस प्रकट गरेकी छन् ।

मलाईकाले आफ्ना लागि आएका प्रोजेक्टहरु खोसेको उनको आरोप छ । उनले भिडियोमार्फत्स्टार सत्रुघन सिन्हा र उनकी पत्नी पुनमले आफूमाथि ज्याददी गरेको पनि उल्लेख गरेकी छन् ।

उनीहरु सबैले आफूमाथि विभिन्न ढंगबाट मनोवैज्ञानिक र शारीरिक पीडा दिएको पूजाको आरोप छ । विभिन्न पीडा र दवाबका कारण आफूले आत्महत्या समेत प्रयास गरेको भिडियोमा उनले उल्लेख गरेकी छन् । यसैगरी उनले आफ्नो पिताको समेत हत्या सलमान खान समूहले गरेको आरोप लगाएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *