Sajhamanch Archive

‘छक्का पञ्जा ३’ बन्यो नेपाली चलचित्रको इतिहासमा सर्बाधिक कमाउने चलचित्र !

Published: in टिप्स/जानकारी by .

दशैंको घटस्थापनामा प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ नेपाली चलचित्रको इतिहासमा सर्वाधिक धेरै कमाउने चलचित्र बनेको छ । यस फिल्मका निर्माता दीपकराज गिरी तथा निर्देशक दीपाश्री निरौलाका अनुसार ‘छक्का पञ्जा’ ले बनाएको रकेर्ड केवल १७ दिनमा नै छक्का पञ्जा ३ ले तोडेको हो ।

निर्देशक एवं निर्माता दुबैले सामाजिक सञ्जालमा एउटा स्टाटर राख्दै भनेका छन्, ‘छक्का पन्जा १’ ले १ सय २८ दिनमा प्राप्त गरेको लक्ष्य ‘छक्का पन्जा ३’ ले केबल १७ दिनमा उक्त उपलब्धि हाँसिल गरेको छ, बधाइ सबै कलाकार तथा प्राबिधिक साथिहरू, धन्यबाद दर्शक, जय नेपाली सिनेमा !’

यससँगै नेपाली चलचित्रको इतिहासमै सर्वाधिक धेरै कमाई गर्ने चलचित्रको टप तीनमा ‘छक्का पन्जा’को सिरिजले कब्जा जमाएको छ । यसअघिको दुई सिरीजअन्तर्गत ‘छक्का पन्जा’ले १६ करोड, ‘छक्का पन्जा २’ले १४ करोड र ‘छक्का पन्जा ३’ले १६ करोड कमाई गरेका छन् भने छक्का पञ्जा ३ प्रदर्शनरत छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *