बर्खास्तमा परेका एसपी विष्ट भन्छन्, ‘म गलत छैन भन्ने कुरा पछि थाहा हुन्छ’
Published: (Updated: )
by .
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछिको हत्या छानबिनमा लापरबाही गरेको भन्दै प्रहरी सेवाबाट बर्खास्तमा परेका नेपाल प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्टले आफू गत हो या होइन भन्ने कुरा केही समयपछि थाहा हुने बताएका छन् ।
उनले आफूमाथि लागेको आरोपबारे संगठन र गृह मन्त्रालयविरुद्ध टिकाटिप्पणी नगर्ने बताउँदै उक्त आरोपको सत्यतथ्य केही समयमा खुल्ने बताए । आफूलाई जसन आरोप लगाएर नोकरीबाट निकालिएको छ त्यसको सत्यता केही समयमा आउने उनले दाबी गरे ।
उनले भने निर्दोष आत्मालाई त्यतिकै दुःख दिइएको बताउँदै आफूले गरेको काम र त्यसको रिपोर्टबारे आफू नबोल्ने बताए । आफूले सक्ने काम गरेको बताउँदै विष्टले आफूलाई गलत आरोप लगाइएको बताए ।
Comments