Sajhamanch Archive

शिवसताक्षीमा ४ करोडको योजनामा विद्युत विस्तार हुँदै

Published: in राष्ट्रिय समाचार by .

दूधे । शिवसताक्षी नगरपालिकामा विद्युत विस्तारको लागि ४ करोडको योजना स्वीकृत भएको छ । ग्रामिण विद्युतिकरण योजना अन्तर्गत बजेट स्वीकृत भएको हो ।

शिवसताक्षी नगरपालिका भित्रका ११ वटै वडाहरुमा नयाँ विद्युत विस्तारको लागि योजना आएको विद्युत प्राधिकरण दमक शाखाका इन्जिनियर गिल्सन पोख्रेलले बताए । उनले शिवसताक्षीमा विद्युतको माग बढेकाले उर्जामन्त्रालय मार्फत बजेट स्वीकृत भएको जानकारी दिए ।

नगर क्षेत्रमा बढ्दो जनघनत्व र धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा विद्युतका आवश्यक महशुस भएपछि विद्युतीकरणको माग गरिएको थियो । नगरको ११ वटै वडाका केही स्थानहरुमा विजुलीको कालो तार बाँसको खम्बा बनाई स्थानीयले ५सय देखि डेढ किलो मिटरसम्म टाँगेर विद्युत बाल्दै आइरहको स्थानीय नेकपाका नेता महेन्द्र भट्टराईले बताए । उनले हाल स्वीकृति भएको बजेटले आंशिक रुपमा विद्युती करणको समस्या समाधान हुने जानकारी दिए ।

संघीय संसद एलपी साँवा, प्रदेश संसाद झलकसिं दर्लामी र शिवसताक्षी नगरपालिका मेयर चन्द्रकुमार शेर्मा लगायत विभिन्न राजनीतिक दलहरुको छलफलबाट विद्युत प्राधिकरण दमकसँग अन्तरक्रिया पछि विद्युत विस्तारको लागि बजेट आवश्यक महशुस गरी योजना माग गरिएको बताइएको छ ।

विद्युत आवश्यक स्थानहरुको लागत स्टमेन्ट र सर्वेको काम सकिएपछि विद्युत विस्तारको काम सुरु गर्ने विद्युत प्राधिकरण दमक शाखाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *