Sajhamanch Archive

आइपिएम कृषि सहकारीद्वारा प्राङगारिक मलको विक्री वितरण सुरु

Published: in राष्ट्रिय समाचार by .

कमल । झापाको कमल गाउँपालिका २ स्थित आइपिएम कृषि सहकारी संस्थाले आज एक कार्यक्रमका विच आफुले उत्पादन गरेको प्राङगारिक मलको वितरण सुरु गरेको छ ।

आईपिएम प्रविधि अपनाऔं कृषि विकासमा टेवा पुर्याऔ भन्ने नाराका साथ कमल गाउँपालिकाको आर्थिक सहयोगमा उत्पादित मल आइतबार गाउँपालिका भित्र रहेका कृषक समुह मार्फत वितरण सुरु गरिएको हो ।

प्रदेश नम्वर एक मै एक मात्र प्राङगारिक मल उत्पादन गरी कृषक माझ विक्री सुरु गरेको आइपिएम कृषि सहकारी संस्था पहिलो भएको कारितास नेपालका कृषि पा्रविधिक टंक कट्टेलले जानकारी दिए ।
सहकारीले उत्पादन गरेको मल वितरण पछि कार्यक्रमका प्रमुख अतिथी समेत रहेका कमल गाउँपालिकाका उपाध्यक्ष बेणु सिवाकोटीले सरकारले नै कृषिलाई व्यवसायिक रुपमा अधि बढाउने नीति अनुसार त्यसलाई सफल बनाउन कमल गाउँपालिका लागेको बताए ।

त्यसैगरी कृषिलाई व्यवसायिकरण करण गर्दै आमजनतालाई आग्र्यानिक साग सब्जी उत्पादन गराउनका लागी पनि यस्तो कार्यक्रम उपलब्धि मुलक हुने उपाध्यक्ष सिवाकोटीले तर्क छ ।

त्यसैगरी यो मलमा विरुवाले पाउने नाईट्रोजन, फस्फोरस, पोटास लगायत खाध्यतत्व समेत भएकोले यो मल प्रयोग गरे कृषकले आग्र्यानिक उत्पादन बढाउन सक्ने कमल गाउँपालिका कृषि विकास शाखा प्रमुख केदार कुमारी अधिकारीले बताईन् ।

संस्थाले प्रतिकेजी ४० रुपैयाका दरले विक्री गरेकोे हो । आइपिएम कृषि सहकारी संस्थाका अध्यक्ष यामबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज ढकाल, लेकवेंसी कृषि सहकारी संस्थाका व्यवस्थापक नारायण भट्टराई, मुल कृषक समुहका प्रतिनिधि, विभिन्न कृषक समुहका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *