Sajhamanch Archive

ठुटेवर संरक्षण तथा विकास समितिको अध्यक्षमा पौड्याल

Published: in राष्ट्रिय समाचार by .

शान्तिनगर । झापा बुद्धशान्ति ६ शान्तिनगरमा रहेको ठुटेवर विकास तथा संरक्षण समितिको शिव कुमार पौड्यालको अध्यक्षतामा ११ सदस्य समिति चयन भएको छ ।

ऐतिहासिक महत्व बाकेको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबरको विकास तथा संरक्षण समितिको शनिबार ठुटेबर परिषरमा आयोेजित भेलाले अध्यक्षमा पौड्याललाई चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा प्रदिपदेव खतिवडा, सचिवमा सोमनाथ पौड्याल, सहसचिवमा पुस्कर पौड्याल र कोषाध्यक्षमा खुरहरी ढकाल चयन भएका हुन् ।
सदस्यहरुमा चित्र बहादुर राई, शिरोमणी गुरुङ्ग, केशव पराजुली महिला सदस्यमा रमा अधिकारी, अम्बिका देवकोटा खतिवडा र प्रमिला परियार चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पौड्यालले आगामी कार्यकाल पनि विगतमा झै स्थानियको साथ पाएमा प्राथमिकताको आधारमा पाएको जिम्मेवार पुरा गर्ने प्रतिवद्धता जनाए । त्यस्तै प्रमुख अतिथि वडा नम्बर ६ का वडाध्यक्ष शम्भुप्रसाद पौड्यालले नवगठित समितिलाई त्यस क्षेत्रको विकासका लागि गुरुयोजना बनाई कार्य गर्न सफल बनोस भन्दै आगामी कार्यकालको शुभकामना व्यतm गरे । उनले ठुटेबर लगायत शान्तिनगमा र बुद्धशान्तिमा रहेका पर्यटकीय स्थलहरुको विकास र संरक्षणमा गाँउपालिकाले विशेष पहल गरेको बताए । त्यस्तै संस्थाका आजीवन सदस्य दिपक गौतम, निर्वाचन मण्डलका संयोजक उदय चन्द्र कोइराला, योगेन्द्र चौलागाँई र सञ्चारकर्मी आयुष निरौलाले नवनिर्वाचित सदस्यलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

नवगठित समितिले वडा समितिसँग छलफल गरि आगामी शनिबार दिउँसो आमभेला राखि मेला आयोजक समिति गठन गरिने नवनिर्वाचित अध्यक्ष शिव कुमार पौठ्यालले जानकारी दिए । उनका अनुसार चार सय बर्ष भन्दा धेरै इतिहास बोकेको प्रत्येक वर्षको कात्तिक पूर्णिमा र वैशाख पूर्णिमाको दिन लाग्दै आएको मेला १० वर्षे माओवादी द्धन्दकालसंगै बन्द भएको थियो । गत ४ वर्ष अघिदेखि यो स्थानको पहिचान र विकासका लागि स्थानियले पुन मेला लगाउन सुरु गर्ने भएको छ ।
मेला आयोजक समिति गठन गरेपछि मेलाको तयारी तिब्ररुपमा गरिने सहसचिव पुस्कर पौठ्यालले बताए । स्थानीय स्तरमा उपलब्ध कृषि सामाग्रीको प्रोत्साहन तथा त्यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला सहयोगी बन्ने अपेक्षा रहेको छ । मेलामा आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन रोटे पिङ्ग, विभिन्न कृषि सामाग्रीका स्टल र राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *