Sajhamanch Archive

सुरुङ्गा प्रेस क्लबलाई दाताको सहयोग

Published: in राष्ट्रिय समाचार by .

सुरुङ्गा । कनकाई सुरुङ्गा प्रेस क्लवको अक्षयकोषका लागि दाताहरुको सहयोग दिनप्रतिदिन बढिरहेको छ । क्लवको दिगो विकासका लागि स्थापना गरिएको अक्षयकोषमा सामाजिक व्यक्तित्व दिनेशकुमार पोखरेलले नगद रु.५१ हजार सहयोग गरेका छन् ।

प्रेस क्लवले आइतवार सुरुङ्गामा आयोजना गरेको एक विशेष कार्यक्रममा समाजसेवी पोखरेलले क्लवका अध्यक्ष रामप्रसाद निरौलालाई सो रकम हस्तान्तरण गरेका हुन् । एनआरएनए अष्ट्रेलियाका पूर्व उपाध्यक्ष, अन्तराष्ट्र झापाली समाजका अध्यक्ष, कनकाई नगर वडा नं.७ निवासी सामाजिक व्यक्तित्व पोखरेलले रकम हस्तान्तरण गर्दै आफु विदेशमा रहे पनि नेपाली भूमिको विकास निर्माण लगायत सामाजिक गतिविधिमा सधैं गम्भिर रहेको वताएका छन् । लामो समयदेखि अष्ट्रेलियामा समेत विभिन्न सामाजिक गतिविधि गर्दै आएका पोखरेलले नेपालका विभिन्न संघसंस्थाहरुलाई एम्वुलेन्स लगायत आवश्यक आर्थिक सहयोग गर्दै आएका छन् ।

कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलाको सभापतित्व एवम् नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष साथै विर्ता जेसीजका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा क्लवको दिगो विकासका लागि सहयोग गर्ने सामाजिक व्यक्तित्व पोखरेललाई क्लवका तर्फवाट प्रशंसा पत्र प्रदान गरिएको थियो । सामाजिक व्यक्तित्वका धनी पोखरेलले समाज रुपान्तरणका लागि खेल्दै आएको भूमिकाको उच्च मूल्यांकन गर्दै कार्यक्रमका प्रमुख अतिथि गिरी र प्रेस क्लवका अध्यक्ष निरौलाले क्लवका तर्फवाट प्रशंसा पत्र प्रदान गरेका हुन् ।

क्लवका संस्थापक अध्यक्ष एवम् अक्षयकोष व्यवस्थापन समितिका संयोजक तीर्थराज खरेलले स्वागतसहित कोषको उद्देश्यका वारेमा जानकारी गराएका थिए । कार्यक्रममा क्लवका सल्लाहकारहरु सूर्यप्रकाश उप्रेती, चम्पा सुवेदी, टिकाप्रसाद कट्टेल, ख्याम ओली, कनकाई नगर क्षेत्रका क्रियाशिल संघसंस्थाका प्रमुखहरु, नगर क्षेत्रका सामुदायिक वन समूहका अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

क्वलका सचिव मनोज वस्नेतले संचालन गरेको कार्यक्रममा दाता दिनेशकुमार पोखरेल, कनकाई नगर वडा नं.३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरीया, प्रेस क्लवका सल्लाहकार संयोजक सूर्यप्रकाश उप्रेती, कनकाई उद्योग वाणिज्य संघका सचिव सोमनाथ उप्रेती लगायतले मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *